Monday, March 22, 2010

आफ्ना राष्ट्रिय गहना माथिको बिदेसी दाबी अस्विकार गरौ

बिगत केही समय यता भारत को जस्तो सुकै चरम ज्यादतीलाई पनि पहिला थाहा नपाएजस्तो गर्ने अनी धेरै नै जनदबाब आए पछि घटियापनको पनि अत्यन्तै तल्लो स्तरमा पुगी नेपाल सरकार नामको सस्थाबाट आधिकारिक रुपमा नै भारतबाट त्यस्तो केही नभएको बक्तब्य जारी हुन्छ। भारत ले नेपाली सीमा मिच्छ यहाँको सरकार मिचेकै होईन भन्छ, कैयौ नेपाली छाती हरुमा भारतिय बुट बज्रन्छन, सैयौ नेपाली चेली हरु बलात्कृत हुन्छन् नेपाली पक्ष मौन बस्छ, खुलेआम भारतिय सुरक्षाकर्मीहरु हतियार लिएर नेपाली भुमी छिर्छन दादागिरी देखाउछन तैपनी उनीहरु कारबाहीमा पर्दैनन बरु ससम्मान उतै भारत तिर फिर्ता पठाइन्छन। यस्ता घटनाक्रमको नालिबेली लगएर साध्य नै छैन। नेपाल सरकार नामको सस्थाको मौनता र भारतभक्तीको अत्याधिक फाईदा लिदै केही समय यता भारतले नेपालका बिस्वबिख्यात माहापुरुस भगवान गौतम बुद्धको बारे उस्का बिभिन्न संचार माध्यम, लेखक, कलाकार, पर्यटन सूचना केन्द्र आदि को प्रयोग गरि संसार भर बिभिन्न भ्रमहरु फिजाइ रहेको छ।

अब त उसले संसारले बुझेको बुद्धको वास्तविकतालाई खुलम खुल्ला चुनौती दिदै नेपालमा भएका बुद्ध सम्बन्धी बिभिन्न प्राचिन कुरा हरुको हुबहु नक्कल गर्दै त्यहा नक्कली कपिल्बस्तुको निर्माण कार्य तिब्र गतीमा अगाडि बढाइ रहेको छ र करिब करिब सक्न पनि लागेको कुरा बिभिन्न संचारमाध्यम बाट बारम्बार आइरहेका छन्। यस्ता कुरा हरुको बिरोध स्वरुप देस बिदेसमा रहेका हजारौं नेपाली हरुद्वरा आफुले सके सम्मका बिभिन्न कार्यक्रम हरु आयोजना भए http://worldamity.wordpress.com/2009/11/13/kapilvastu-day-preparation-activity-notes/, ईन्टरनेट को अत्याधिक प्रयोग हुने आजको संसार लाई ध्यान मा राख्दै ईन्टरनेट प्रयोगकर्ता हरुका सामुहिक सामाजिक सन्जाल हरु फेसबूक, टुइटर आदिमा विश्वलाई बुद्ध सम्बन्धी धेरै भन्दा धेरै जानकारी दिन बिभिन्न समुह हरु गठन भए छलफल भए http://www.facebook.com/pages/Lumbini-the-Birthplace-of-Lord-Buddha/98359881185?ref=ts#!/pages/buddha-was-born-in-Nepalnot-in-India/119204140365?ref=ts,http://www.facebook.com/pages/Lumbini-the-Birthplace-of-Lord-Buddha/98359881185?ref=ts#!/pages/Buddha/32563218319?ref=search&sid=517949954.120444910..1,http://www.facebook.com/pages/Lumbini-the-Birthplace-of-Lord-Buddha/98359881185?ref=ts बुद्ध को वास्तविकतामा आउन सक्ने सम्भाबित भ्रम हरुलाई बेलैमा हटाउनका लागि बिभिन्न प्रयास हरु भए, बुद्ध सम्बन्धी बिभिन्न दिवस हरु आयोजना भए http://worldamity.files.wordpress.com/2009/11/kapilvastu-day-logo5.jpg तर सरकारी तवर बाट कुनै ठोस कदम चालिएन बरु अनभिग्यता प्रकट गर्दै पन्छिने काम मात्र भयो।

त्यसैले अब भारतको समर्थन मा बिभिन्न बिबादास्पद निर्णय गर्दै आएको यस सरकार नामको सस्थाबाट बुद्ध को जन्मस्थान सम्बन्धमा नै भारतको समर्थन जनाउदै कुनै अप्रिय निर्णय गर्नु पुर्व नै हामीले सरकार सग भारतमा भैरहेको नक्कली कपिल्बस्तुको निर्माण र बुद्धको बारेमा बिभिन्न बहनामा हुने गरेका हस्तक्षेप बारे भारत सग स्पस्ट जवाफ माग्न लगाइ त्यस्ता क्रियाकलाप रोक्न भारत सग अनुरोध गर्न लगाउन दबाब दिनु पर्दछ, अन्यथा यो सरकारले केही गर्ने छैन। यसले नेपाली हरुका शान बुद्धको बस्तविकतामा थप भ्रम फैलाउने छ र नेपालले यस बाट धेरै ठुलो मुल्य चुकाउनु पर्ने छ। सधैं झै युगौ युग बुद्धको नाम आफ्नो माटो सग गासेर लिन पाइ रहन भारतिय ज्यदतीको सधैं बिरोध गरौ आफ्ना राष्ट्रिय गहना माथिको बिदेसी दाबी अस्विकार गरौ र संसारलाई भनौ "BUDDHA was born in NEPAL not in India." and " The real Kapilvastu is in Nepal not in India."
Sujan Neupane
Sydney Australia

also see on http://aswikrit.com/index.php?linkId=414

No comments:

Post a Comment