विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थान साथै उनको अस्थित्व माथि नै बिशेष गरि भारतिय पक्ष द्वारा भैरहेको ब्यापक हस्तक्षेपको बिरोध गर्दै खास गरि ठुलो आकारमा बिस्वब्यापी रुपमा फैलिएको भारतिय संचार माध्यम, चर्चित भारतिय लेखक बुद्दिजिबीहरु का पुस्तक हरु अनी चलचित्र र पर्यटन उध्योग बाट संसारभर बुद्ध भारत मा जन्मेका हुन भन्ने गलत प्रचार बाट उत्पन्न भ्रम लाई चिर्दै नजिकदो नेपाल पर्यटन बर्ष २०११ लाई समेत केही टेवा पुर्याउदै भ्विस्य मा बुद्धको अस्तित्व को पूर्ण रुपमा रक्षा गर्दै नेपाल लाई साहशिक मात्र नभै धार्मिक पर्यटकिय स्थलको रुपमा पनि बिस्वका करोडौ बुद्ध धर्मवलम्भी हरु र बुद्ध सम्बन्धी जिग्याशु हरु सामु चिनाउने लक्ष्यका साथ संसार भर रहेका नेपाली बुद्धिजिबीहरु अनी नेपाललाई माया गर्नेहरु मिलेर गत बर्ष (डिसेम्बर १ २००९) मा फेसबूक,ट्विटर जस्ता लोकप्रिय सामाजिक सन्जाल हरुको प्रयोग गरि र बिभिन्न देस हरुमा आफ्नो क्ष्यमता ले भ्याए सम्मका कार्यम्रम हरु सफल रुपमा सम्पन्न गर्दै नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले अन्तरराष्ट्रिय जगत सामू ल्याउने कार्य गरेको कारण उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिइनु आबस्यक देखिएको हुँदा राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता जनाउदै १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको छ।
संभाबित अधिकाधिक कार्यक्रम मार्फत बढीभन्दा बढी जन सहभागिता जुटाएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, नक्कली कपिलबस्तु लगायत बिभिन्न गतिबिधिका कारण बुद्धको जन्मस्थलबारे सिर्जित बिस्वब्यापी भ्रम निस्तेज पार्न प्रयासरत रहनु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु जस्ता उद्धेस्यहरु लिएर शुरु गरिएको यस अभियानलाई संस्थागत गर्न रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा पछि दुइ जना थपी २१ जना पुर्याउने गरी हाललाई १९ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समिती गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा), बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड), भानु पौड्याल, संयोजक (क्यानडा), बिनय शाह, संयोजक (हङकङ), चन्द्र राई, संयोजक (क्यानडा), डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान), हरि नेपाली, संयोजक (कतार), लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल) लक्ष्मण पुरी, संयोजक (नेपाल), लक्ष्मी सिंखडा, संयोजक (अमेरिका),ओम गुरुङ, संयोजक (जापान), राज श्रेष्ठ, संयोजक (नेपाल),रामहरि श्रेष्ठ, संयोजक (वेलायत), सन्तोष न्यौपाने, संयोजक (बेल्जियम), शैलेश श्रेष्ठ र शम्भु कट्टेल, संयोजक (अमेरिका) र सुजन न्यौपाने र सानु घिमिरे संयोजक (अस्ट्रेलिया), छन ।
अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी नौ जनाको सेक्रेटरियटको ब्यबस्था गरिएको छ, जस अनुसार बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई/अबि शर्मा (क्यानडा हेर्ने), र अर्को ब्यबस्था नहुन्जेलसम्मको लागि सन्तोष न्यौपाने (यूरोप हेर्ने) । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहनेछ ।
बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव, दार्शनिक भएकाले उनी संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौँदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दर्भिक र अझ बढी महत्व पाउनु पर्ने महसूस संपूर्ण मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायितहरुले बुद्धको नामबाट नाजायज फायदा लिनका लागि बिस्वभरि नै बुद्ध भारतमा जन्मेको भन्ने किसिमले यतिसम्म दिग्भ्रमित तुल्याइसकेका छन कि अधिकांश देशका पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मेको भन्ने कुरा उल्लेख गर्ने बातावरण सिर्जना भैसकेको छ र भारत सरकारले आधिकारिक रुपमा यस्मा आफ्नो संलग्नता नदेखाए तापनि करोडौं रुपयाँ खर्च गरेर सन २०१२ सम्ममा पुरा गर्ने गरी नक्कली कपिलबस्तु निर्माणको अधिकांश कार्य समेत पुरा गरिसकेको छ । यिनै कारणले गर्दा गुगलमा बुद्धको जन्म स्थान भारतमा देखाउने (कपिलबस्तु दिवस अभियान र अन्य केही समूहद्धारा गरिएको बिरोधअको कारण अहिले गुगलले यस्मा सच्याएको छ), PBS जस्तो ठूलो कम्पनीले भिडिओहरु निर्माण गर्दा राजकुमार सिद्धार्थलाई भारतको भन्ने जस्ता गल्तीहरु गरेको पाइएकोले दिग्भ्रमित बिस्व जनताका बीच यथार्थ कुरा लैजाने जस्तो चुनौतिपूर्ण कार्य पनि यस अभियानको एउटा प्रमुख उद्धेस्य भएको कारण यस उद्धेस्य पूर्तिका लागि भानु पौड्याललाई बिशेष संयोजकको रुपमा चयन गरिएको छ ।
अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्ब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन हाललाई ५ जना नेपाली र दुई जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएको छ जस अनुसार एनेकपा माओबादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फबाट पूर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, बुद्धिजीबिका तर्फबाट डा कबिताराम श्रेष्ठ र उद्योग ब्याबसायीका तर्फबाट अस्ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिनेछ ।
कपिलबस्तु दिवस अभियानले जाकारीयाको दुस्प्रयास का बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गरेर त्यस्लाई सुधार्न लगाउने(अहीले नेपाल नै देखाउछ), आफ्नो ब्लग मार्फत यस किसिमका भ्रमहरुलाई निस्तेज पार्न सक्दो प्रयास गर्ने(धेरैले आफ्नो ब्लगको हेडरमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देस राखेका छन्), PBS ले बुद्धका बारे गलत जानकारी सहित भिडिओ निकाल्न लागेकोमा बिरोध गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ ।
यस्तो संबेदनशील बिषयमा नेपाल सरकार, संचारकर्मी, बुद्धिजीबि र संपूर्ण नेपालीलाई यथोचित ध्यान दिन र यस किसिमका गतिबिधिमा सक्दो सहयोग गर्न कपिलबस्तु दिबस अभियान हार्दिक अनुरोध गर्दछ साथै फेसबूक मा खोलिएको कपिलवस्तु डे फ्यान क्लब मा आबद्ध हुन र यस अभियान बारे बिस्त्रित जानकारीको लागि यस अभियान को आधिकरिक वेब पेज http://www.worldamity.wordpress.com हेर्नु हुन र यहाँ हरुका आमुल्य सल्लाह सुझाब ब्यक्त गरिदिनु हुन बिशेष अनुरोध छ।

गत बर्ष डिसेम्बर १ मा सिड्नी मा भएको कार्यक्रममा यस अभियानका विश्व समिती सदस्य तथा अस्ट्रेलिया संयोजक सुजन न्यौपाने सिड्नी का महामहिम कन्सुलेट जेनेरल दिपक खड्का ज्यु लाई कपिलवस्तु दिवस को लोगो हस्तान्त्रन गर्दै। http://worldamity.wordpress.com/2009/11/27/kapilvastu-day-programme-in-sydney/

No comments:
Post a Comment