Monday, August 16, 2010

लुम्बिनीले मेक्का मेदिना र भ्याटिकन सिटी बाट धेरै सिक्नु पर्छ


कारीब ३२ बर्ष अगाडि सन १९७८ मा प्रसिद्ध जापानी वास्तुकलाविद द्वारा तयार पारिएको सुन्दर लुम्बिनीको गुरुयोजना झन्डै १५ बर्ष अगाडि नै सम्पन्न भईसक्नु पर्ने हो तर मुलुक को लथालिङ राजनीतिक अवस्थाका कारण आज सम्म पनि त्यो काम सम्पन्न हुन सकेको छैन। आज संसारभर बाट लुम्बिनी मा खचाखच भरिएका भक्तजन र अन्य पर्यटकलाई कसरी ब्यबस्थित गर्ने भनेर योजना हरु कार्यन्वन गर्नु पर्ने बेलामा हामी हरु लुम्बिनी बिकास कोषमा राजनीतिक नियुक्ती र पदाधिकारी हरु फेरबादलमा नै अल्मलिएका छौं अझ सबै भन्दा दु:ख को कुरा त हामी बुद्ध नेपालमा जन्मिएका हुन है भनेर संसार भर बुद्ध को जन्मस्थलको परिचय दिन कोसीस मात्र गर्दैछौं।

संसारका केही देसहरुमा केही त्यस्ता व्यक्तीहरु को जन्म भयो जसले ति ठाउँहरु लाई पवित्र तिर्थस्थलको रुपमा विश्वबिख्यात बनाइदिए। नेपालमा जन्मिएका गौतम बुद्ध,साउदी अरबका प्रोफेट मोहम्मद र इज्राएल मा जन्मिएका जिजस क्राइस्ट जस्ता महामानवहरुको कारण उनिहरुको जन्मस्थान र सम्बन्धित राष्ट्र ले नै बिबिध कुराहरुमा फाईदा लिन सक्ने अवस्था बन्यो। धर्म र संस्क्रितीको सही सदुपयोग गरेर साउदी अरब, भ्याटिकन सिटी अनी इजिप्ट जस्ता देसहरु ले आफ्ना देसमा रहेका बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा हरुको विश्व भर प्रचार गरी निरन्तर रुपमा अधिकाधिक लाभ लिन सफल छन। मुस्लिम समुदायको अत्यन्त पवित्र भुमी र सके सम्म हरेक मुस्लिमले जीवनमा एक पल्ट हज गर्न पुग्नै पर्ने भनिएको साउदी अरबको मेक्कमा मात्र वार्षिक १३ मिलियन भक्तजन र पर्यटकहरु पुग्ने गरेका बिभिन्न तथ्यांक हरुले देखाउछन त्यस्तै कारीब ४४ हेक्टर क्षेत्रफल र ८०० भन्दा केही मात्र बढी जनसंख्या भएको भ्याटिकन सिटी मा सन २००६ मा मात्र ४.२ मिलियन ले भ्रमण गरेका थिए। यसरी उनिहरुले खर्बौं डलर बिदेसी पर्यटक हरु मार्फत आफ्नो देसमा भित्राउन सफल भईरहेका छन। यता हामीले भने स्वबिबेक प्रयोग गरेर त देसलाई संसार भर चिनाउन कुनै आधार तयार गर्न सकेनौं सकेनौं, प्राकृतिक बरदान स्वरुप पाएका अमुल्य प्राकृतिक सम्पदाहरु अनी संसार भर ३७६ मिलियन अनुयायी रहेका बुद्ध धर्म का प्रबर्तक गौतम बुद्ध जस्ता प्रसिद्ध गहनाको संरक्षण समेत गर्न सकेनौं।

हरेक पटकको सरकारी कमजोरी हरुले गर्दा सगरमाथा लगायत का विश्वाबिख्यात हिमालहरु, सुन्दर बस्तिहरु, धार्मिक संस्कृतिक सम्पदाहरु र अनेकौं दुर्लभ सुन्दरताको खानि भएको नेपालले आज सम्म फाईदा आउन सक्ने पर्यटकिय क्षेत्रमा ठुलो लगानी गर्न सकेको छैन जसले गर्दा ठुलो लाभ पनि लिन सकेको छैन। हाम्रा सम्पदा हरुको नाम बेचेर भरत ले लगातार फाईदा लिईरहदा नेपाल सरकार सधैं मुकदर्शक बनेर बस्ने बाहेक केही गर्न सक्दैन। भारतले उस्को देसमा अर्बौं रुपैया खर्च गरेर नक्कली कपिलबस्तु निर्माण कार्य पुरा गर्नै लागि सकेको छ, निर्माणका क्रममा नै कपिल्बस्तु महोत्सब पनि गरिसकेको छ अनी धेरै बिदेसी पर्यटकहरु लाई झुक्याएर आफ्नो नक्कली कपिल्बस्तुमा भित्राइ रहेको पनि छ, त्यती भई सक्दा पनि नेपाल को कुटनितिक तवर बाट त्यस्को बारेमा भारत सरकार समक्ष्य कुनै किसिमको स्पष्टिकरण माग भएको छैन। बरु सरकारी निकाय हरु बाट र मुलधारका संचार संस्थाहरुका सहयोग अभाबका बाबजुद बिभिन्न देसहरुमा रहेका राष्ट्रप्रेमी नेपालीहरु मिलेर ब्यक्तिगत र बिभिन्न सन्जालहरु गठन गरी संसार भर भारतीय हस्तक्षेपको भन्डाफोर गरिरहेका छन। संसारभर छरिएर रहेका केही नेपालीहरुले सुरुमा ईन्टरनेटमा पाइने बिभिन्न लोकप्रिय सामाजिक सन्जालहरु र अन्य संचार माध्यम हरु बाट सुरु गरेको 'कपिल्बस्तु दिवस अभियान'(भारतले बुद्धको जन्मस्थलमाथी गरेको हस्तक्षेप बिरुद्ध विश्व समुदायमा रहेको भ्रम निवारण अभियान) र नेपाली हरुले गर्ने बिभिन्न प्रयास हरु
यसका उदाहरणहरु हुन। यस्ता अभियान हरुले गर्दा चाडै नै भारतीय नक्कली कपिलबस्तुले पनि हाम्रो आफ्नै लुम्बिनीमा रहेको बुद्धको सक्कली कपिलबस्तुको महत्व झल्काउदै विश्व भर प्रचार गरिरहनेछ र संसारभर रहेका बुद्ध धर्मावलम्बी हरु साथै बुद्धलाई नजिक बाट बुझ्न चाहने हरुले नेपालकै कपुलबस्तुको अझ महत्वका साथ भ्रमण गरिरहने छन।

तर अब नेपाल सरकारले त्यस क्षेत्र र वरपर विशेस गरी बुद्धिस्ट रास्ट्र हरु लगायतका अन्य देस सग सोझै संपर्क गर्न सक्ने हावाइ यातायात, विश्वस्तरिय सेवा सुबिधा, होटेल, आन्तरिक यातायात, उर्जा, संचार लगायत को ब्यापक बिकास बिस्तार गर्ने, बर्सै पिच्छे बुद्ध सम्बन्धी बिभिन्न ठुल्ठुला गतिबिधीहरु गर्ने र सबै भन्दा महत्वपूर्ण कुरा शान्ती सुरक्षामा बिशेष जोड दीइ द्रुतत्तर गतिमा बिकास निर्माण अगाडि बढाउने हो भने चर्चित धार्मिक शहरहरु भ्याटिकन सिटी, मेक्का र मेदिना जस्तै लुम्बिनी ले पनि वार्षिक दशौं लाख पर्यटक र अर्बौं डलर नेपाल भित्राउन सफल हुनेछ साथै नेपालका अन्य पर्यटकिय क्षेत्रहरुले पनि फक्रने फुल्ने मौका पाउनेछन जुन नेपालको आर्थिक उन्नतिमा कोशेढुङा साबित हुनेछ।

Sujan Neupane
Sydney, Australia
Global Committee Member, Australia Co-Ordinator
The Global Kapilvastu Day Movement, December 1

No comments:

Post a Comment