Tuesday, May 25, 2010

जिब्रो चिप्ल्याइ यतिमै सिमित रहोस्

हुनत उनको पहिला पनि धेरै कुरा हरु स्लिप भैसकेका छन् पहिला शाही कालमा एकपल्ट उनको ढाड स्लिप भएको थियो झन्डै राजाको खुट्टमा उनको टाउको परेको फोटो हरु संचार माध्यम मा निकै छाए, पछि पनि पत्रपत्रिका हरुमा बिभिन्न समारोह हरुमा महिला हरु तिर 'आइ स्लिप' भएका तस्बिर हरु प्रसस्तै देखिएका थिए। जहाँ सम्म 'टङ स्लिप्' को कुरा छ टङ स्लिप हुँदा त एक दुई वटा शब्द हरु पो चिप्लिएर एक थोक सुन्नु पर्ने अर्कै सुनिन्छ तर यी पात्रको जिब्रो ले त पुरै कुराको अर्थ नै परिवर्तन गराउदै 'टङ स्लिप्' को नै नयाँ अर्थ जुराइदियो, वहा कति महान जिब्रो।

स्वभाविक नै त हो मान्छे को शारिरिक बनावट न पर्यो कहीले के हुन्छ कहीले के, अझ नेपाली राजनीतिका नायक अनी नालायक हरुमा यो कुरा अली बढी नै लागु भैदिन्छ। दिमाग छिटो छिटो तातिन्छ अनी सेलाई हाल्छ, हातखुट्टा पनि बेलाबखत राम्ररी नै चल्छन हङामा नै मचिन्छ त्यस पछि, मुख को त कुरै नगरौं कती चल्छ कति यस्तै क्रम मा भर्खरै नेपालका प्रधान्मन्त्री भनिने ब्यक्ति को टङ 'स्लिप भएको' छ त्यो पनि नेपाल ईतिहासकै सबै भन्दा महत्वपुर्ण समयमा र सबैभन्दा महत्वपुर्ण बिषयमा।

गएको संबिधानसभा चुनावमा जनताहरुले उनलाई दुई वटा निर्वाचनक्षेत्र बाट स्लिप नगराएका पनि होइनन तर जनताको मत लाई यो देस को राजनीतिले टेर्ने भए त्यती बेला दुई ठाउ बाट जनताले ध्वासो पोतेर स्लिप गराएको मान्छेलाई माओवादीले टपक्क टिपेर धोइपखाली चोख्याइ संबिधानसभाको रक्षा गर्न बनिएको समुहमा राखेको हुने थिएन र आज त्यहि संबिधान सभाको मुख्य रक्षकको पवित्र सिङ्हासनमा बसेर आफ्नो ध्वासे अनुहार छर्लङ देखाउदै 'संबिधानसभा त मैले माओवादी लाई खुशी पार्न मात्र स्विकारेको हो' भन्दै तिनै पात्र को 'टङ स्लिप' हुने थिएन।

यिनको शारिरिक बनावट पनि अचम्मकै छ हिजो अस्ति मात्र आफुलाई गैंडा संग तुलना गर्दै थिए। सबै कुरा हरु राम्रो संग चलिदिएको भए यिनको भाग्य कति चम्कने थियो होला तर आफ्ना मन्त्रीहरुले हातखुट्टा,ओंठ,कलम,शक्ति जथाभावी चलाउदा,यिनी आफ्नो कुर्सी नै चल्ने डरले आफ्नो कुनै कुरा चलाउन सक्दैनन, भारतिय हरुले नेपाली सिमा मिचेर नेपाली हरुमाथी ज्यदती गरेको देखि देखि पनि यी पात्र केही बोल्न सक्दैनन बरु अनमिन र अन्य पस्चिमी रास्ट्रहरुले केही बोलिदिए भने उनीहरुलाई आफ्नो चासोको बिषयमा मात्र बोल्न र नेपाललाई उपनिबेस बनाउन नखोज्न चेतावनी दिन्छन।

आखिरी यी सबै कुरा हरु माओवादीको मात्र वास्तविक एजेन्डा संबिधान सभालाई तुहियाउन लाई गरिएका नौटन्की हरुमात्र हुन जसले मुलुकलाई फेरी युद्धमा फर्काओस र भारत लगायत नेपालमा शान्ति नचाहने तत्वहरु बाट शान्ति सुरक्षा का नाममा गरिने कथित सहयोग बाट कमिशन खाइरहन र जनतालाई मारिरहन पाइयोस यदि त्यस्तो होईन भने अहीलेको सरकारमा भएका धेरै जसो दल र दला हरुले यस्ता घटना हरुप्रती पक्कै पनि समर्थन जनाइरहने थिएनन। यो सरकार अलोक्तान्त्रिक र संबिधान प्रति रत्तिभर पनि जिम्मेवार छैन भन्ने कुरा यिनै खलपात्र हरुका बोली व्यबहारबाट लगातार प्रस्ट भैरहेका थिए तर अहीलेले यो सनसनीपुर्ण 'टङ स्लिप' ले त झनै छर्लङ बनाएको छन्। आखिर यो सरकार बिषवृक्ष नै रहेछ जसले अहीले सममा कुनै पनि मिठो फल फलाएन बरु दशकौंको प्रयासबाट प्राप्त संबिधानसभा र गणतन्त्ररुपी बिरुवाहरुमा बिषवमन मात्र गरिरहयो।

अब संबिधान जारी गर्न केही दिन मात्र बाँकी रहदा यस्तो ‘टङ स्लिप’ गराएर भित्री मनको कुरा छताछुल्ल पार्नेले संबिधानसभाको उपलब्धीको रक्षा गर्लान भनेर आशा त नगरौं तर देस युद्ध तिर नचिप्लोस भनेर कामना चाँही गरिरहौं र बलजफ्ती वाध्य भएर गणतन्त्रबादी भएको र लेण्डुपको आरोप लगाइदै आएको छ त्यतातिर पनि व्याबहारिक रुपमा नै स्लिप गराउनतिर भने नलागोस – कामना गर्ने काम हाम्रो गर्ने नगर्ने काम ‘स्लिप’ गर्नमा पोख्तको ।


also in http://ramkshrestha.wordpress.com/2010/05/25/toungue-slip/

No comments:

Post a Comment