Saturday, August 15, 2009

मनानीय अर्थमन्त्री ज्यु लाई आउदो बजेट को लागि मेरा केही सुझाब हरु

मनानीयअर्थ मन्त्री ज्यु, सर्बप्रथम त यहाँ को नयाँ बजेट निर्माण सम्बन्धी को सुझाब सन्कलन को आव्हान प्रती धन्यवाद ब्यक्त गर्दै आफ्नो बिबेक अनुसार केही कुरा हरु यहाँ समक्ष्य राख्न चाहन्छु। यहाँले गरीबी, पछौटेपन, वेरोजगारी, असमानता, क्षेत्रीय असन्तुलन, गाउँ र शहरवीचको भेद अन्त्य गर्ने तथा एउटा विकसित समुन्नत समातामुलक समावेशी अर्थतन्त्र निर्माणमा बजेट केन्द्रित हुने जानकारी दिनुभएको छ जुन अत्यान्तै सराहनिय छ। सम्भाबित चुनौती हरु:औद्योगिक विकासको निम्ति आवश्यक पूर्वाधार जलविद्युत, सडक, शिक्षा, स्वास्थ, पर्यटन जस्ता क्षेत्रलाई प्राथमिकता दिदै औद्योगिक अर्थतन्त्रको आधारशिला निर्माण गर्नु आगामी बर्षको बजेटको लक्ष्य हुनु र आउँदो बजेट विशेष गरी रोजगारी सिर्जना तथा ग्रामीण कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न केन्द्रित हुने बताउनु पक्कै पनि नौलो बिहानि को संकेत हो नै, यहाँको बिगत को बजेट र त्यस्मा उल्लेखित कुरा हरु अनी तिन्का प्रभाब हरुले त्यो कुरा को प्रमाणित गरिसकेका छन। तपाईंहरुको संयुक्त सरकार मा बजेट को पूर्ण रुप मा कार्यन्वयन हुनु पनि एउटा ठुलै चुनौती हो भनेर त गत साल को बजेट मा स्थानिय बिकास मन्त्रालय द्वारा गरिएको खर्छ र राष्ट्रिय ढुकुटी हाल फ्रिज भई बसेको कारीब २२ अर्ब रुपैयां ले नै प्रमाणित गरिसकेका छन त्यस माथि बारम्बार हुने सत्ता साझेदार र प्रतिपक्षी दल अनी राष्ट्रसेबक हरुको बिरोध, बाधा र अबरोध ले पनि अर्को चुनौती पेस गरेका छन। तै पनि समय परिवर्तन सगै सबैको चेतना मा भईरहेको परिवर्तन ले पक्कै पनि तपाईं को योजना र नयाँ बजेट लाई सफल पार्न मद्धत गर्छन् भन्ने आम जनता को विश्वाश छ। दिगो शान्तीमा लगानी:जहाँ सम्म गरीबी निबारण, बेरोज्गारी को अन्त्य,क्षेत्रीय असन्तुलन गाउँ र शहरवीचको भेद अन्त्य,बिकास का अत्याबस्यक आधार निर्माण अनी पर्यटन प्रबर्धन गर्दै मुलुकको औधोगिक क्रान्ति को आधारशिला निर्माण गर्ने कुरा छन त्यो सबै को लागि सर्बप्रथम त देस मा स्थाइ शान्ती को ग्यारेन्टी गरिनु पर्दछ,बन्द हड्ताल लाई कानुनी र राजनैतीक रुपमै कडाइका साथ हतोत्साही गर्नु पर्दछ, राजमार्ग, औधोगिक क्षेत्र, ब्यबसायिक प्रतिस्ठान र बजार हरु सधैं सन्चालन हुने ब्यबस्था हुनु पर्दछ र मुलुकका कुना कुना मा रहेका जनताको सुरक्षाको प्रत्याभुती गरिनुपर्दछ र मात्रै देशमा स्वतन्त्र रुप मा लगानी र जनता मा काम गर्ने उत्साह मिल्नेछ।शिक्षामा लगानी:जनता मा अनुशासन र राष्ट्रियता को भावना बिकास गर्न शिक्षा मा धेरै ठुलो फड्को मार्न अत्यन्तै जरुरी छ या भनौ एउटा सैक्षिक क्रान्ति नै हुनु पर्दछ, शैक्षिक क्रान्ति नै आर्थिक क्रान्ति को जग हो त्यसकारण अन्य कुरा लाई भन्दा शिक्षामा बढी लगानी गरिनु पर्दछ जुन जनता मा चेतना बढाउन अनी स्वस्थ र अनुशासित जीवन बिताउन सहयोगी हुनेछ र महत्वपूर्ण रुपमा हाल हाम्रो अन्तरराष्ट्रिय रुपमा देखिएको प्रतिस्प्राधात्मक सैक्षिक ज्ञान तथा विश्वाब्यापी रुपमा चल्ती मा रहेको अङ्रेजी भाषा को ज्ञान को कमी(जस को कारण नेपाल को राम्रो स्तर को degree भये पनि बहुसन्ख्यक नेपाली हरुले देस-बिदेस मा आफ्नो योग्यता अनुसार को काम गर्न पाउदैनन र नेपालकै कुनै ठुला प्राबिधिक क्षेत्रमा बिदेसी लाई काम गराउनु पर्ने बाध्यता छ।), प्राबिधिक, ब्यबसाहिक र प्रयोगात्मक शिक्षा को अभाब र दसकौ सम्म पनि परिवर्तन नहुने पाठ्यक्रम को घोकन्ते वा तपाईंहरुकै शब्द मा बुर्जुवा शिक्षा बाट हरेक नेपाली विद्यार्थी हरु सधैं पिल्सिरहेका छन अनी पढाई अबधी भर गरेको लगानी जीवन भर मा पनि उठाउन सक्दैनन अनी त्यही कारण युवा हरु को बिदेस पलायन हुने गर्दछ त्यही सानो सानो काम गर्न भये पनि। त्यसैले अबको बजेट ले शिक्षा मा ब्यापक लगानी गर्न सक्नु पर्दछ जस्ले हरेक नेपाली सक्षर बन्नु का साथै शिक्षा र भाषा को कारण संसार को कुनै पनि कुना मा हरेक क्षेत्रमा प्रतिस्पर्धा गरी आफ्नो क्षमता अनुसार को रोजगारी का हक्दार बन्न सकुन। अहिले को जुन ८ कक्षा सम्म निशुल्क शिक्षा दिने सरकारी निर्णय लाई सके सम्म १२ कक्षा सम्म पुर्याउनु पर्दछ र समय सापेक्ष्य व्याबहारिक अनी प्रयोगात्मक पाठ्यक्रम को बिकास गरी त्यस्लाई अन्तरराष्ट्रिय भाषा अङ्रेजी मा पठनपाठन गराइनुपर्दछ जसले अहिले हामी ले भोगेको भाषागत समस्या भाबी पुस्ता ले भोग्नु नपरोस। पर्यटनमा लगानी:हाम्रो आर्थतन्त्र को मेरुदंड को रुपमा रहेको पर्यटन क्षेत्रमा पनि ब्यापक लगानी गरिनु र लगानी आकर्शन गर्न लगानी मैत्री बातावरण बनाइनु पर्दछ। सुरुमा त देस भित्रिने अन्तरराष्ट्रिय एअरपोर्ट(अहिले हाम्रो एक मात्र अन्तरराष्ट्रिय एअरपोर्ट को भौतिक पूर्वधार र प्रशासनिक सेवा को जुन गती छ त्यस्ले पक्कै पनि एक पटक नेपाल आउने पर्यटक लाई बिशेष कारण बाहेक अर्को पटक आउन लाई प्रेरित गर्दैन)को भौतिक र प्रशासनिक पूर्वधार हरुको आधुनिकरण र बिकास गरिनु पर्दछ, अन्तरराष्ट्रिय स्तरको ठुलो र अत्याधुनिक एअरपोर्टको निर्माण र राष्ट्रिय ध्वजाबाहक ऐयरवेज को लागि पर्यटक संसार का धेरै भन्दा धेरै ठाउँ बाट ओसार्नका लागि केही नयाँ बिमान हरु को ब्यबस्था गर्नको लागि ठोस् कदम चालिनु पर्दछ र देसका हरेक क्षेत्रका नयाँ पर्यटकिय स्थल हरु पहिचान गरी पुराना पर्यटकिय सम्पदा हरुको आधुनिकिकरन गर्दै अझ बढी पूर्वधार र सुबिधा हरु को बिकास गरिनु पर्दछ र सन्सार भर बिभिन्न प्यकेज हरु को बितरण गर्दै तिनको बिज्ञापन गर्नु पर्दछ। जुन पर्यटन को दिगो बिकास र आउँदै गरेको पर्यटन बर्ष बाट धेरै मुनाफा हासिल गर्न महत्वपूर्ण सयोगिसिद्ध बन्नेछन, जहाँ लाखौं लाख जनता ले रोजगारी पाउनुका साथै ब्यापार को पनि ब्रिद्धी हुनेछ। खेल्कुदमा लगानी:आर्थिक क्रान्ति र बेरोज्गारीको समस्याको समाधान गर्न आउने बजेट ले पर्यटन र खेल्कुद मा पनि लगानी को बढी नै बगाउनु पर्दछ जहाँ लाखौं रोज्गारी हरु श्रीजना हुने ग्यारेन्टी नै छ। एक त नेपाली खेल्कुद बिशेष गरी क्रिकेट, गल्फ, फुटबल, मार्शल आर्ट र एथलेटिकका खेलहरुमा नेपाल ले सानो लगानी र अती सानो प्रबिधी अनी अत्यन्तै कम पूर्वधारका बाबजुत पनि सार्क र एसिया हुँदै विश्व का अत्यन्तै पूर्वधार, प्रबिधी युक्त देसका ब्यबसायिक खेलाडी हरुका सामु आफ्नो बलियो उपस्थिती जनाइ रहेको छ। त्यसैले अब नेपाली खेल्कुद मा पनि ब्यबसयिकता हुनु पर्दछ, खेलाडी हरुको खेल खेलेरै बाच्ने आधार बन्नु पर्दछ अनी प्रत्यक जिल्ला हरुमा कम्तिमा एक सुबिधा सम्पन्न राष्ट्रिय स्तर को र हरेक क्षेत्र मा कम्तिमा एक अन्तरराष्ट्रिय स्तर को रङशाला बनिनु पर्दछ जसले खेल्कुद मा नयाँ क्रान्ति त ल्याउछ नै र र भर्खरै सम्पन्न ५औँ राष्ट्रिय खेल्कुदमा भोगेको पूर्वधार हरुको समस्या जस्ता कुरा हरु बाट नेपाली खेलाडी हरुले मुक्ती पाइ नयाँ उत्साह का साथ खेलमा उल्लेखनिय प्रगती गर्ने छन अनी खेलाडी हरु खेलेरै जीवन यापन गर्न सक्षम हुनेछन साथै खेल्कुद को माध्यम बाट पर्यटन को पनि प्रबर्धन हुनेछ, जुन गत साल सम्पन्न ओलम्पिक खेल्कुद को आयोजना गरी चाइना ने गरेको आर्थिक हलचल र हाल सन्चालन भाई भई रहेको ईण्डियन प्रिमिएर लिग बाट दक्षिण अफ्रिका ले पाइरहेको आर्थिक सफलता बाट पनि पुस्टी हुन्छ। बिचरणिय के छ भने सरकारको नयाँ रोजगारी हरु को श्रीजना गर्ने जुन उद्धेस्य छ यदी आउदो बजेट ले खेल र खेलाडी मा लगानी गरेर हाल अर्धरोजगार नेपाली खेलाडी हरु, जसको सन्ख्या पनि पचासौँ हजार छ, लाई पूर्ण रोजगर बनाउन सक्ने हो भने त्यही हो रोजगरी निर्माण मा सफलता थोरै लगानी मा धेरै रोजगारी। अन्त्यमा आउंदो बजेटले देसका हरेक कुना कुना मा रहेका जनता हरु ले हरेक तवर बाट परिवर्तन र बिकास को प्रत्याभुती दिने किसिमका कार्यक्रम हरु ल्याइ दंडहिनता को अन्त्य, कानुनी राज्यको निर्माण, मानब अधिकार को पूर्ण प्रत्याभुती, प्रेस स्वतन्त्रता, भ्रस्त्रचार को उन्मुलन जस्ता कुरा हरुको बिकास गर्दै चाडै जनमुखी संबिधान को निर्माण गरी नेपाल लाई आत्मनिर्भर र सम्मुन्नत राष्ट्र बनाउने तर्फ भूमिका खेल्नेछ भन्ने विश्वाश छ। हाल को जस्तै राजास्व सन्कलन मा उल्लेखनिय सफलता हासिल गर्दै उर्जा, सुचना प्रबिधी, संचार, यातायात, स्वास्थ्य, हरेक जनता को जीवन बिमा गर्ने जस्ता कुरामा स्वदेसी बिदेसी लगानी चाडो भन्दा चाडो भित्राइ तिनको फाईदा बाट आफ्नै लगानीको मुनाफा र स्वदेसकै स्वधिन अर्थतन्त्र बाट देस को बिकास गरी जे कुरामा पनि बिदेसिहरुको मुख ताक्नु पर्ने अवस्था बाट मुक्त गराउन आउदो बजेट सफल हुनेछ भन्ने विश्वाश ब्यक्त गर्दै राष्ट्रलाई सफलताको लागि हरेक तर्फ बाट सहयोग गर्न सबै नेपालीहरुको साथ पाइरहन, यहाँ लाई उत्तरोत्तर सफलता को कामना गर्दछु।
धन्यवाद
सुजन न्यौपाने
सिड्नी अष्ट्रेलिया
April 21 2009

No comments:

Post a Comment