Saturday, August 15, 2009

के नेपाली जनता को त्यत्रो त्याग तपस्या आज यस्तो हुल तयार गर्नका लागि थियो???

नेपाल संचालक संघ १, रामबरन याधव-गणतन्त्रका राजा(फरक जनता को छोरा काम उही शाही राजाकै)जबर्जस्ती पदमा बसिरहेका। २, परमानन्द झा-काम केही छैन तै पनि उप बनेको दिन देखी नै हरेक जनताले मन नपरएका अनी जबर्जस्ती पदमा बसिरहेका। ३, माधव कुमार नेपाल-संबिधान सभा निर्वाचनमा २ क्षेत्र बाट हारेर आफ्नै पार्टी को माहासचिब पद पनि गुमाएका अनी बर्सौ देखिको सपना पुरा गर्न लाज पचाएर जनता ले मन नपराए पनि जनताको सेवा गर्छु भनी अनेक गरेर कुर्सी मा पुगेका। ४,रुक्माङद कट्वाल-१,२,३ अनी दुनियाँ लाई थर्काएर बजाएर सक्तिशाली ठानिएको माओवादी सरकारले दिएको निस्कासन को पर्वाह नगरि उल्टै माओवादी लाई नै सरकार छाड्न वाध्य बनाइ अझै पदाशिन। ५,गिरिजा प्रसाद कोइराला-१,२,३,४ सबै का भाग्य बिधाता अनी नेपाल राष्ट्रका भाग्य बिगारक,देशका मुख्य फोहोरी खेलाडी जो आफ्नो पारिवारिक सस्था मा धेरै परिवारका सदस्य हरुलाई अन्धभक्त बनाइ आफ्नो र परिवार को स्वार्थको लागि देस बर्बाद बनाउन सफल अनी देस भर का जुनसुकै शक्ती लाई पनि आफ्नो षड्यन्त्रको जांतोमा घुमाइ घुमाइ पिन्न सफल रही आएका। बिजय कुमार गच्छेदार-कोइराला सस्था बाट बेलेइमा बुद्धी पुर्याएर उपेन्द्र याधव को सस्था छिरी दुनियाँ कान्ड हरुको ढाक्छोप गर्दै त्यहा पनि झगडा मच्चाउदै अन्तत: ठुलै कुर्सिमा पुगेका। जनताको चाहना बिनाको सरकार चलाऊन चुनाव जित्नै पर्दैन नि। घुर्क्यए थर्काये पुग्छ। सुजाता कोइराला-चुनाब जितेको भये त जित्ने हरुको सरकारमा लोकप्रिय मन्त्री पड्काइन्थ्यो होला तर भाग्य पनि कस्तो सरकार त हरुवा हरुकै पो हो त अझ आफ्नो बाबु सबै गोटी चाल्ने मुख्य चालक अनी घरकै सस्था पनि सानो छैन, अब आउँदैन त मज्जा हार्ने हरुको समुहमा उन्को बाउ को पार्टी ले हार्नेकै नेत्रित्वोमा धेरै बिना बिभागीय हरु पठाइ दियो,दुनियाँले बिदेसी भने त के भो प्रभु हरुकोमा पनि त एक ठुलि नेत्री उनी जस्तै त छिन नि। बिचरा वाइसिएल सग कत्रो सिगौरी खेलेर चुनाव जितेका हरुको छाती कती पोल्दो हो यो देखेर। हाम्रो त भात्भती पोल्या छ। बिना बिभागीय हरु- क्या मोज आर्थिक मन्दी बेरोज्गारी अनी मुल्य ब्रिद्धी बाट संसार सगै नेपाल पनि ग्रसित भएको बेला कुनै कामै नगरि मस्तिका साथ सरकारी तलब र सुबिधा मा आनन्द लिन। अन्तिम मा झलनाथ खनाल-खोइ माओवादी हरुको भित्री शक्ती बाट वा समर्थन बाट के पि ओली को जम्बो समर्थक हरुको समेत समर्थन पाइ ठिङ अद्यक्ष्य पदासिन भएकाले होला शायद उन्का पार्टी का कसैले उन्लाई नगनेका अनी हरेक पटक निर्णय गर्ने अनी पछी फेरी कुरा फेर्ने गर्दै धेरै महत्वपूर्ण मुद्धा मा देसलाई धोखा दिएका। र उपेन्द्र याधब-कता कता क्रान्तिकारी झै लाग्ने तर सत्ता मा जोड घटाऊ गर्न निपूर्ण सत्ता गणितबिद भएको घमन्ड गर्दा गर्दै त्यती राम्ररी चलिरहेको सरकार अनी उनी आफ्नै कुशल कार्यकाल लाई भाताभुङ पार्दै आफुले चुनावमा आँफैले दसौं हजार मत ले हराएको मान्छे को हातमा आफ्नो पद सुम्पियी सरकार बाट टाढा बस्नु परेको छ। त्यो पनि आफुले आफ्नो सस्थामा स्थापित गरिएको ब्यक्तिको जबर्जस्तिपन को कारण। सबै भन्दा सोचनिय अनी गम्भिर बिषय के छ भने भर्खरै भारत बाट भएको हाम्रो राष्ट्रियता माथिको त्यस्तो सांघातिक हमलामा मा उल्लेखित कुनै पदाधिकारी हरु को चुँ समेत सुन्न पाइएन जब माओवादी लगायत कारीब २० वटा दल हरु ले त्यस बिरुद्ध कडा आवाज घन्काइरहेका छन।अब तपाईं हामीले यो गाइजात्र बाट मनोरन्जन मात्रै लियिरहने कि हाम्रो राम्रो भबिस्य को कामना गर्ने। हामी जस्ता करोडौँ का छाती मा कस्तो ज्वाल दन्किरहेको होला, कस्ता सपना बुनेर राष्ट्रको लागि मरिदिने हरुको आत्मा कती छट्पटाइ रहेको होला, घाइते हरुको घाऊ कती चर्किएको होला, आफन्त गुमाएका हरु को पिडा कस्तो होला अनी अबिभाबक गुमाउने हरुको भबिस्य कस्तो होला??? ज्ञानेन्द्र अनी बिदेसी समुदाय कती हासिरहेका होलान। के नेपाली जनता को त्यत्रो त्याग तपस्या आज यस्तो हुल तयार गर्नका लागि थियो???
Sujan Neupane
June 5 2009

No comments:

Post a Comment